निर्वाचन प्रणाली देखाएर दलहरू जनताको प्रश्नबाट भाग्दै छन्ः घनश्याम भुसाल
वि.सं.२०८२ साउन ६ मंगलवार २०:२१
shares

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि सुशासन कायम हुन नसकेको बताएका हुन्।
भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बासी भए पनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उनको भनाइ थियो। उनले मुलुकमा सबै सम्भव भए पनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताए।
























