शिशुलाई मारेर बोरामा फालेको आरोपमा बाबु पक्राउ
वि.सं.२०८२ साउन ६ मंगलवार २०:१७
shares

एक वर्षअघि पोखरा-१४, चाउथेमा नवजात शिशुको शव फेला परेको घटनामा शिशुकै बाबु संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नुवाकोट बेलकोटगढी नगरपालिका-५ स्थायी घर भई हाल पोखरा-९, नागढुंगामा बस्दै आएका गोविन्द लामिछानेलाई कास्की प्रहरीले साउन ४ गते पक्राउ गरेको हो।
२०८१ असोज १३ गते साँझ चाउथेमा जेब्रा झोलाभित्र फलाटिनको कपडा र ब्ल्याङ्केटले बेरिएको अवस्थामा नवजात शिशु (छोरा) को शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टअनुसार शिशुको टाउको र घाँटीमा चोट लागेको र त्यही चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो।
लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
























