केरुङमा फसेका नेपालीको उघ्दारका लागि सांसद आचार्यद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण
वि.सं.२०८२ साउन ५ सोमवार १५:३०
shares

रसुवाबाट प्रतिनिधि सभा सांसद मोहन आचार्यले रसुवागढी बाढीले निम्त्याएको समस्या समाधानका लागि कूटनैतिक पहल गरिदिन परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका छन।
आज परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सँग भेटेर सांसद मोहन आचार्यले रसुवागढी बाढीले निम्त्याएको समस्याको समाधानका लागि कूटनैतिक पहल गरिदिन आग्रह गरिन।
केरुङमा रहेका नेपाल फर्कन चाहनेहरूलाई नेपाल लेराउन भइरहेको ढिलाइ , अस्थायी पुलको निर्माण ,मितेरी पुल को पुनः निर्माण , मौसम पूर्वानुमान सम्बन्धी सूचना आदानप्रदान लगायत विषयमा उनले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको ध्यानाकर्षण गराएकी थिइन ।
























