गृहपृष्ठ कोशीका १४ वटै जिल्लामा पूर्वाधार कार्यालय स्थापना
कोशीका १४ वटै जिल्लामा पूर्वाधार कार्यालय स्थापना
कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालय सुरू गरेको हो ।
सुनसरीको इनरुवामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यालय उद्घाटन गरे । नागरिकको घर नजिक रहेर प्रदेश सरकारको कामलाई प्रत्यक्षरूपमा महसुस गराउने उद्देश्यसहित १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको कार्कीले बताए ।
कार्यालय स्थापनासँगै चालू आर्थिक वर्षमा गर्नुपर्ने काम असोजभित्र अघि बढाउन उनले निर्देशन दिए । जिल्ला-जिल्लामा कार्यालय स्थापनापछि असारे विकासको प्रथा अन्त्य हुने उनको विश्वास छ ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङमा कार्यालय उद्घाटन गरेका छन् । २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित समय : १७:२७ बजे


















