global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी र ब्रेस्ट क्लिनिक सेवा सुरू

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी र ब्रेस्ट क्लिनिक सेवा सुरू

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी र ब्रेस्ट क्लिनिक सेवा सुरू

लुम्बिनी प्रादेशिक अस्पतालले महिलाको स्तन क्यान्सर पहिचान र उपचारलाई सहज बनाउन म्यामोग्राफी सेवा र विशेष ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याएको छ।

साथै, बिरामीले प्रयोगशालाको रिपोर्ट आफैँले प्रिन्ट गर्न सक्ने ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ मेसिन पनि जडान गरिएको छ। प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यी सेवाहरूको उद्घाटन गरे।

संघीय सरकारको करिब २ करोड ८० लाख रुपैयाँको लागतमा इटालियन प्रविधिको म्यामोग्राफी मेसिन जडान गरिएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार, यो मेसिनले स्तनको थ्रीडी तस्बिर निकाल्ने हुँदा रोगको पहिचान सहज हुन्छ। यसले लक्षण देखिनुभन्दा ३-४ वर्ष अगावै क्यान्सरको सम्भावना पत्ता लगाउन सक्ने भएकाले समयमै उपचार सम्भव हुने विश्वास लिइएको छ।

त्यस्तै, १० लाख रुपैयाँको लागतमा जडान गरिएका दुईवटा स्वचालित ल्याब रिपोर्ट डिस्प्याच मेसिनबाट बिरामीले आफ्नो टिकटमा रहेको क्यूआर कोड स्क्यान गरी रिपोर्ट आफैँ प्रिन्ट गर्न सक्नेछन्।

सेवा शुभारम्भ कार्यक्रममा स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुऱ्याउनु सरकारको दायित्व भएको बताए। उनले लुम्बिनी प्रादेशिक अस्पतालले बढाएको जनविश्वासको प्रशंसा गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारले खटाएको स्थानमा गएर सेवा दिन आग्रह गरे।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु