काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस आगामी शनिबार हुने

1.2K
shares

हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार हुने भएको छ । जहाँ २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको ।

गत वर्ष अन्तरराष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) स्थापनाको शतवार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १०० खेलाडी सहभागी थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत गिनिज वल्र्ड रेकड्र्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ सञ्चालन गर्न लागिएको हो ।

हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उनले भनिन, “पहिलो संस्करणमा १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २०० खेलाडी खेल्दैछन् । यो सङ्ख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागी हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।”

नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष पनि थिए । उनको ४४ वर्षको उमेरमा २०७७ साल जेठ २५ गते देहान्त भएको थियो । उनकी धर्मपत्नी बन्दना खड्काले भने, “उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उनको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।”

त्रिपुरेश्वरस्थित बोगनभिल्लामा हुने खुलातर्फका विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार पाउने छन् ।

खुलातर्फ उत्कृष्ट १०, यु १५ मा शीर्ष सातसहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा खुला, यु १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यु १३, यु ११, यु ९, यु ७ र बेस्ट एचसिए स्पर्धा समावेश गरिएको छ ।

उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ । गत २०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको यो आठौँ प्रतियोगिता हो ।

चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी पाँच वटा कोर्समा १०० बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।