काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनलाइन व्यवसाय दर्ता गर्न वाणिज्य विभागको आग्रह

3.07K
shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।

विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवाको कारोबार गर्ने व्यवसायीहरूलाई आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गर्न आग्रह गरेको हो ।

हालसम्म अनलाइनबाट व्यापार गर्नेहरूका लागि कानुनी व्यवस्था गरिएको छैन । सरकारले सूचना प्रविधिको प्रयोग गरेर हुने किनबेचलाई नियमन गर्न र उपभोक्ताको हित सुरक्षित राख्नका लागि सरकारले वैशाख २ गतेदेखि ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन २०८१’ लागु गरेको छ ।

सोहीअनुसार विभागले अनलाइन व्यापार गरिरहेका व्यवसायी र नयाँ व्यवसाय गर्न चाहनेहरुले आगामी साउन २ गतेभित्र विभागको विद्युतीय व्यापार पोर्टलमा सूचीकृत हुनु पर्ने विभागले जनाएको छ ।