युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ असार ५ बिहीवार ११:१६
shares

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

























