global ime bank Long Banner Ad

गृहपृष्ठ दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका लागि दुर्गा प्रसाईंसहित सात जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

थुनामा पठाइएकामा प्रसाईंसहितसरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई कारागार पठाउन आदेश दिएको हो ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि मध्यरात उनीहरूलाई थुनामा पठाउने आदेश आएको थियो । इजलासले हिंसात्मक घटनामा संलग्न भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई कारागार पठाएको छ भने बाँकी ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु