global ime bank Long Banner Ad

गृहपृष्ठ गणेशमान सिंह रोड रेस असार १४ गते हुने

गणेशमान सिंह रोड रेस असार १४ गते हुने

गणेशमान सिंह रोड रेस असार १४ गते हुने

काठमाडौं । पाँचौँ वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ । गणेशमान सिंह फाउन्डेसन अन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा काठमाडौंमा १० किलोमिटरको रोड रेस हुन लागेको हो ।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोर्ट्स कमिटीले सन् २०१४ देखि रोड रेस आयोजना गर्दै आएको छ । गणेशमान सिंह स्पोर्ट्स कमिटीले मंगलबार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारेमा जानकारी दिएको हो ।

रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु हुने भएको छ । त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ ।

पाँचौँ वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिस्पर्धा हुने भएको छ । महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु