गृहपृष्ठ गणेशमान सिंह रोड रेस असार १४ गते हुने
गणेशमान सिंह रोड रेस असार १४ गते हुने

काठमाडौं । पाँचौँ वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ । गणेशमान सिंह फाउन्डेसन अन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा काठमाडौंमा १० किलोमिटरको रोड रेस हुन लागेको हो ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोर्ट्स कमिटीले सन् २०१४ देखि रोड रेस आयोजना गर्दै आएको छ । गणेशमान सिंह स्पोर्ट्स कमिटीले मंगलबार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारेमा जानकारी दिएको हो ।
रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु हुने भएको छ । त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ ।
पाँचौँ वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिस्पर्धा हुने भएको छ । महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले पाँच हजार नगद पुरस्कार पाउनेछन् ।
प्रकाशित समय : १८:२८ बजे