global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल

सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल

सञ्चारमन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा छ : सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चार मन्त्रालय कार्य सम्पादनको हिसाबले जोखिम अवस्थामा रहेको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केही कार्यालयहरु विगत केही वर्षदेखि कार्यसम्पादनगर्न नसक्ने अवस्थामा पुगेको भन्दै अहिले पनिकेही कार्यालयमा त्यही अवस्था देखिएको बताएकी हुन् ।

उनले भनिन्,‘सञ्चार मन्त्रालय कार्यसम्पादनको हिसाबले पनि अलिकति जोखिम अवस्थामा नै छ । हाम्रा केहीकार्यालयहरु विगत केही वर्षदेखि हरेक हिसाबले कार्यसम्पादनगर्न नसक्ने अवस्थामा पुग्यो ।अहिले पनिकेही कार्यालयमा त्यो खालको असर पुगेको छ ।’

उनले योगले हाम्रो जीवनमा सकारात्मक प्रभावपर्ने र आफूलाई चिन्ने मौका प्रदान गर्नेधारणा राखिन् । मानिसले सबैलाई चिन्ने तर आफूलाई कम नै चिन्ने गरेको भन्दै आफू भित्रको सम्बन्धको लागि योग महत्वपूर्ण भएको उनले बताइन् ।

उनले भनिन्,‘योगले हाम्रो जीवनमापार्ने सकारात्मक प्रभावपर्ने र आफूलाई चिन्ने मौका मिल्छ । हामीले सबैलाई चिन्छौं तर आफूलाई कमनै चिन्छौं । हाम्रो सबैसँग सम्पर्क राम्रो छ । तर आफ्नो भित्रको कनेक्टिभिटी ,त्यो सम्बन्ध जानेको छैनौं । यसमा योगको योगदान रहन्छ ।’

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु