global ime bank Long Banner Ad

गृहपृष्ठ दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका –४ झ्याँकुको देपुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटना परी स्थानीय अन्दाजी ४५ वर्षीया फुलमाया शेर्पाको घटनास्थलमै र गम्भीर घाईते भएकी अन्दाजी ३२ वर्षीया डोल्मा शेर्पाको उपचारको लागि चरिकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोेलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिए।

सामान्य घाईते छिरि शेर्पालाई स्थनीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटी लगिएको छ । शुक्रबार गौरीशंकर गाउँपालिका–४ झयाकुको डेपुङको भित्री सडक खण्डमा सिंगटीबाट झ्याकु तर्फ जादै गरेको बा १६ च ७६५१ नम्वर को बोलेरो आफै अनियन्त्रित भई सडकमा नै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बोलेरो चालक झ्याकुका २१ वर्षिय निङमा छेकु शेर्पा फरार रहेका छन् भने गाडी साहु गौरीशंकर–५ शिउरेनीका अन्दाजी ४५ वर्षीय पासाङ तमाङलाई नियन्त्रण्मा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु