global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पु¥याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो ।

बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गहृ बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए । त्यस्तैगरी बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ ।

बाढी खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु