काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुनियर प्रतियोगिता जेठ २२ देखि हुने

3.17K
shares

राष्ट्रिय खेलकुद परिषद्ले यु–१४ विद्यालय खेलकुद यही जेठ २२ गते देखि २६ गते सम्म काठमाडांैमा सन्चालन गर्ने भएको छ ।

बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उदेश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, व्याडमिन्टनका छात्र÷छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् ।

विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सहभागी बैठकहरुले अन्तिम तयारी गरेको कार्यक्रम संयोजक कार्यकारी समिति सदस्य रन्जना प्रधानले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुने छ । एथलेटिक्स र रग्वी २२ र २३ गते रंगशालामा हुने छन । सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ । यस्तै छात्र क्रिकेट भने २२ गते देखि २६ गते सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन गरिने शर्माले जानकारी दिएका छन् ।

एथलेटिक्सको ट्याक तर्फ एक सय, दुई सय ४ सय र ८ सय तथा ४ ह १०० मिटर रिले दौड र लङजम्पमा प्रतिष्पर्दा हुने छन् । टेबलटेनिस र व्याडमिन्टनमा छात्र ÷छात्रा सिंगल तथा डवल्सका प्रतिष्पर्दा हुने मीनकुमार शर्माले जानकारी दिएका छन् । यस्तै बास्केटबल छात्र÷छात्र ३ ह ३ र रग्वीको छात्र÷छात्राका प्रतियोगिता हुने छन् ।