काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेको इन्सुरेन्सको सात प्रतिशत बोनस सेयर पारित

3.53K
shares

नेको इन्सुरेन्स लिमिटेडको २९औँ वार्षिक साधारणसभाले सात प्रतिशत बोनस सेयर पारित गरेको छ ।

शुक्रबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को कम्पनीको वित्तीय विवरण समेत पारित गरेको छ । साथै, सेयरधनीहरूलाई बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनस सेयर जारीपश्चात् हुने कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा सेयरधनीहरूले राखेको जिज्ञासाको जवाफ अध्यक्ष रमेशकुमार निरौलाले दिएका थिए ।