global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र होलिडे इन रिसोर्टबीच एनआईएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा दिँदै आएको बैंकले जनाएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा पनि हेर्न सकिनेछ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु