काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण

1.56K
shares

रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले छात्राहरुलाई साईकल बितरण गर्ने कार्यक्रम लाई निरन्तरता दिएका छन्।

छात्रालाई उच्च शिक्षा तर्फ आकर्षित गर्ने तथा टाढा टाढाबाट अध्ययन गर्न विद्यालय क्याम्पस सम्म पुग्न सहज हुने उद्देश्यले साईकल बितरण कार्यक्रम लाई निरन्तरता दिएको मेयर जैसवालले न्युजकारखानालाई बताए ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै गरुडा नगरपालिका ९ नयाँ गम्हरिया श्रीपुर स्थित श्रीमाध्यमिक विद्यालयमा २२ जना दलित, गरिब तथा जेहेन्दार छात्राहरूलाई साइकल वितरण गरिएको गरुडाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमले बताए।त्यसैगरी गरुडा नगरपालिका ७ स्थित श्रीमावि पिपरिया दोस्तियामा एक कार्यक्रमको आयोजना गरी २२ जना दलित तथा गरिब छात्राहरुलाई साइकल वितरण गरिएको प्रशासकिय अधिकृत आलमले जानकारी दिएका छन्।

उक्त अवसरमा कार्यक्रम लाई सम्बोधन गर्दै मेयर जैसवालले छात्राहरुलाई साईकल बितरन गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए। उनले शिक्षामा समान अवसर सुनिश्चित गर्न र बालिकाहरुको पहुँचलाई सहज बनाउन यस कार्यक्रमले सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएको बताएका थिए।

मेयर जैसवालले गरुडा नगरपालिकाले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा यस्तै जनउत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा सशक्तिकरण र समावेशीताको अभियानमा निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएका थिए।

गरुडा नगरपालिकाले यस अघि बिभिन्न विद्यालयहरूमा अध्ययनरत सैयौं छात्रा लाई निःशुल्क साईकल बितरण गर्दै आएको छ।