काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘झलनाथ खनाल ‘नेकपाबाट अलग’ भन्ने समाचारमा सत्यता छैन’

1.53K
shares

ai logo सारांश

  • ‘झलनाथ खनाल ‘नेकपाबाट अलग’ भन्ने समाचारमा सत्यता छैन’
  • झलनाथ खनालले पार्टी परित्याग गरेको भन्ने समाचारप्रति सत्यता नभएको बताएका छन् ।
  • खनालले पार्टी परित्याग गरेको भन्दै प्रसारित समाचारमा प्राविधिक तथा लेखन त्रुटि भएको थियो ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सम्मानीत नेता झलनाथ खनालले पार्टी परित्याग गरेको भन्ने समाचारप्रति सत्यता नभएको बताएका छन् ।

नेता खनाललाई उद्धृत गर्दै स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जानकारी अनुसार पार्टी परितयाग गरी समाजवादी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको भन्ने किसिमका समाचारमा सत्यता छैन् ।

‘सोमबारको कार्यक्रम संचारमाध्यमहरुले प्रत्यक्ष प्रशारण पनि गरेका थिए । उहाँले मन्तब्य राख्नेक्रममा कहींपनि पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छैन् । समाचार तयार गर्दा प्राविधिक त्रुटि भएजस्तोलाग्यो,’ भट्टराईले भने,‘भिडियो लाइभमा सबै स्पष्ट छ ।’

यसअघि खनालले पार्टी परित्याग गरेको भन्दै प्रसारित समाचारमा प्राविधिक तथा लेखन त्रुटि भएको थियो ।

भिडियो सामग्रीमा तथ्य सही रूपमा प्रस्तुत भए पनि समाचारको लेखनमा ‘पार्टीबाट अलग’ भन्ने उल्लेख हुन गएकोमा क्षमाप्रार्थी सहित समाचार सच्याइएको छ ।

खनालले बृहत् वाम एकता र कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले ‘समाजवादी जागरण अभियान’को औपचारिक सुरुवात गरेका हुन् ।

अभियान घोषणा गरे पनि आफूले पार्टी भने नछोडेको खनालले बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालका स्वकीय सचिव भट्टराईले पनि खनाल पार्टीमै रहेको र पार्टी परित्याग नगरेको स्पष्ट पारेका हुन् ।