global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने

अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने

अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने

उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको दोस्रो संस्करण आगामी वैशाख २० गतेदेखि हुने भएको छ।

गोदावरी नगरपालिकाको आयोजनामा आगामी वैशाख २० गतेदेखि जेठ ३ गतेसम्म ललितपुरको गोदावरी नगरपालिकामा उक्त प्रतियोगिता हुन लागेको हो। आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको थियो।

गोदावरी नगरपालिकाका प्रवक्ता नवराज सिलवालले यस प्रतियोगितामा उपत्यकाका कुल २१ स्थानीय निकायले प्रतिस्पर्धा गर्ने जानकारी दिए। प्रतियोगिताका खेलहरू गोदावरीको ताहाखेलमा हुनेछन्।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु