global ime bank Long Banner Ad

गृहपृष्ठ खेत सफा गरिरहेका किसानमाथि आक्रमण, कम्तीमा १४ जनाको मृत्यु

खेत सफा गरिरहेका किसानमाथि आक्रमण, कम्तीमा १४ जनाको मृत्यु

खेत सफा गरिरहेका किसानमाथि आक्रमण, कम्तीमा १४ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी बोरनो राज्यमा जिहादी समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १४ जना किसानको ज्यान गएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

गोव्जा जिल्लास्थित पुल्का सहर नजिकै शनिबार किसानहरू आगामी बाली सिजनको तयारीमा खेत सफा गरिरहेका बेला आक्रमण गरिएको थियो । गोव्जा जिल्लाका राजनीतिक प्रशासक अब्बा शेहु टिम्ताले उक्त जानकारी दिए ।

उनका अनुसार सेनाको साथमा खोज तथा उद्धार टोलीले नजिकैका झाडी क्षेत्रमा थप शवहरूको खोजी गरिरहेको छ । सो क्षेत्र क्यामरुनको सीमासँग सटेको र विगतमा पटक–पटक जिहादी आक्रमणको शिकार बनिसकेको हो ।

“तिनीहरूले आफ्ना खेत सफा गरिरहेका १४ जना किसानको हत्या गरे र अन्य चार जनालाई घाइते बनाएका छन्,” टिम्ताले बताए । उनले यो आक्रमण बोको हराम समूहद्वारा गराइएको आरोप लगाए ।

टिम्ताका अनुसार आक्रमण नजिकैको व्लेइ गाउँबाट सुरु भएको थियो, जहाँ आक्रमणकारीहरूको शिविर रहेको विश्वास गरिएको छ ।

बोको हराम र यसका प्रतिस्पर्धी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) ले हालका वर्षहरूमा किसान, माछा मार्ने, दाउरा सङ्कलन गर्ने, गोठाला र फलामका टुक्रा सङ्कलन गर्नेहरूलाई लक्ष्य बनाउँदै आएका छन् ।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु