गृहपृष्ठ पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरको मृत्यु
पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरको मृत्यु

गुल्मीमा १५ वर्षीय किशोरको खोलामा डुबेर मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-६ का राजेश कुमालको स्थानीय सिस्तुङ फाँट छेउको छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
राजु कुमालका छोरा राजेश तीन बहिनीसँग पौडी खेल्नका लागि खोलामा गएका थिए । शंका लागेर परिवार र छिमेकी खोलामा पुग्दा मृत्यु भइसकेको अवस्थामा राजेशको शव फेला परेको थियो ।
प्रकाशित समय : १९:४८ बजे