global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पूर्वी तराईमा सुरु भयो ‘सिरुवा मेला’

पूर्वी तराईमा सुरु भयो ‘सिरुवा मेला’

पूर्वी तराईमा सुरु भयो ‘सिरुवा मेला’

नयाँ वर्षको आगमनसँगै पूर्वी तराईका थारु, राजवंशी, ताजपुरिया, गनगाई, मेचे, माझी लगायत आदिवासी समुदायमा मनाइने सिरुवा पर्व शुरु भएको छ।

यो सांस्कृतिक पर्व नयाँ वर्षलाई स्वागत गर्दै प्रत्येक वर्ष मनाइन्छ, जसमा एक महिनासम्म विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छन्।

सुनसरीको खनारबाट सुरु हुने सिरुवा मेला स्थानीय ग्रामथानमा महिना दिनसम्म नियमित लाग्दछ। थारु आदिवासी समुदायका लागि यो पर्वको अत्यन्त धार्मिक र सामाजिक महत्व रहेको छ।

वर्षभरिको गलत सोच, रिस र अन्य नराम्रा कुरा पानीले पखाल्ने विश्वासका साथ यस पर्वको पहिलो दिन ‘पानी सिरुवा’ नामक विशेष विधिबाट सुरुवात गरिन्छ, जहाँ आपसमा पानी छेपेर शुद्धता र मेलमिलापको संकेत दिइन्छ।

सिरुवा मेलामा स्थानीय ग्राम थानहरूमा फुलघोडा (कागजबाट बनाइएको घोडा) चढाइने, खसी, बोका, हाँस, परेवा लगायतका जनावरको बलि दिएर भाकल पुरा हुने विश्वास गरिन्छ।

खनारस्थित राजाजी विछुधामी ग्राम थान पूजा समितिका अध्यक्ष दिनेश चौधरीका अनुसार, यो परम्परा थारु समुदायको गहिरो आस्था र श्रद्धासँग जोडिएको छ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु