काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौँमा असिना पानी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा

4.24K
shares

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरुमा वर्षा भइरहेको जानकारी दिइन् । उनका अनुसार बागमती र गण्डकी प्रदेशमा अलि धेरै वर्षा भइरहेको छ। बागमतीको काठमाडौं वरीपरी, दोलखा लगायतका क्षेत्रमा र सोलुखुम्बुतिर पनि वर्षा भइरहेको छ। गण्डकी प्रदेशको गोरखा, लमजुङतिर वर्षाको अवस्था छ ।

अहिले मेघ गर्जन चट्याङसहित हल्का खालको वर्षा भइरहेको र साँझ पर्दै गएपछि क्रमिक सुधार हुन सक्ने आकलन गरिएको बताइन् । पानीसँगै काठमाडौंमा असिनासमेत परेको छ।छोटो समय असिना परेको हो।