global ime bank Long Banner Ad

गृहपृष्ठ पीएम कपमा आज तीन खेल हुदै

पीएम कपमा आज तीन खेल हुदै

पीएम कपमा आज तीन खेल हुदै

जारी पीएम कप अन्तर्गत आज तीन खेल हुदै छन् । आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने छ । बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो ।

त्यस्तै अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा हुने तालिका रहेको छ । लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो ।

त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने छ । यो खेल दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा हुने छ । त्यस्तै सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दै छ ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु