global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ ।​​​​ एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।

अवार्डको लागि मनोनीत लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजनले यो अवार्ड प्राप्त गरेको हो । नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

मङ्गलबार आयोजित भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीले उक्त अवार्ड ग्रहण गरेका हुन् । सिटिजन लाइफले नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु