गृहपृष्ठ सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो
सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो
हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : १२:३८ बजे

















