नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर
वि.सं.२०८१ फागुन ९ शुक्रवार १०:३७
shares

नेपाल प्रहरीले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त माग गरेको हो ।
जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको महाशाखाले जनाएको छ ।
प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा उल्लेख गरेको छ ।

























