काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रामबाबु सुवेदीको बालगीत ‘हामी लालाबाला’ सार्वजनिक

3.97K
shares

बालगीत परियोजना अन्तर्गत त्रियोग हाइस्कुलसँग सहकार्य गरी निर्माण गरिएको बालगीत ‘हामी लालाबाला’ सार्वजनिक भएको छ ।

गीतकार रामबाबु सुवेदीले शब्द रचना गरेको यस बालगीतमा डिल्लीप्रसाद चापागाईंको सङ्गीत छ। भावना पौडेलसहितका बालबालिकाले गायनमा साथ दिएका छन् भने आलोक चौरेली, शिष्टता थापा, आरजुरत्न पंगेनीलगायतले कलाकारको भूमिका निर्वाह गरेका छन् ।

काठमाडौं धापासीस्थित त्रियोग हाइस्कुलमा कार्यक्रम गरी सार्वजनिक गरिएको यस बालगीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना रहेको छ भने सुनील भण्डारीको छायाङ्कन, वीरबहादुर थारूको सम्पादन, रूपेश श्रेष्ठको कोरियोग्राफी, आशुका अर्यालको सहायक निर्देशन रहेको छ ।