global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा शाओमी १४ टी स्मार्टफोन सार्वजनिक

नेपालमा शाओमी १४ टी स्मार्टफोन सार्वजनिक

नेपालमा शाओमी १४ टी स्मार्टफोन सार्वजनिक

शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टी नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा बनाइएको यो स्मार्टफोनले अत्याधुनिक फोटोग्राफी अनुभव र उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने बताइएको छ ।

शाओमी १४ टी मा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एआई फिचरहरूको साथमा उच्च प्रदर्शनको सुविधा रहेको छ ।

यस्तो छ, विशेषताहरू

लाइकासँगको सहकार्यमा तयार गरिएको ५० मेगापिक्सेल मुख्य क्यामेरा, १२ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेल टेलिफोटो लेन्स सहितको ट्रिपल क्यामेरा प्रणालीमा शाओमी प्रोफोकस र ६० एफपीएस फोके भिडियो रेकर्डिङ पनि उपलब्ध छ ।

मूल्य र उपलब्धता

शाओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जीबी: ५१२ जीबी अप्सनमा उपलब्ध हुनेछ र यसको मूल्य ६४,९९९ रुपैयाँ तोकिएको छ । ग्राहकहरूलाई प्रत्येक शाओमी १४ टि स्मार्टफोनको खरिदमा रेड्मी बड्स ६ लाइट निःशुल्क उपलब्ध हुनेछ ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु