गृहपृष्ठ साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित हुने भएकी छन्।
राष्ट्रिय प्रजातन्त दिवसको अवसरमा सरकारले घोषणा गरेको पुरस्कारमा खेल क्षेत्रबाट साम्बा पुरस्कृत हुने भएकी हुन्। सरकारले एक विशेष कार्यक्रम गर्दै पुरस्कार प्रदान गरिने जनाएको छ।
नेपाल एपीएफ फुटबल क्लबमा आवद्ध साम्बा हाल फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा आवद्ध छिन्। नेपालबाट युरोपियन लिग खेल्ने साम्बा पहिलो महिला खेलाडी हुन्।
प्रकाशित समय : १७:५५ बजे


















