गृहपृष्ठ फिल्म बोर्डर २ को सुटिङमा घाइते भए वरुण धवन
फिल्म बोर्डर २ को सुटिङमा घाइते भए वरुण धवन
बलिउड अभिनेता वरुण धवन घाइते भएका छन् । फिल्म बोर्डर २ को छायाङ्कनको क्रममा उनी घाइते भएका हुन् । आफूलाई चोट लागेको तस्बिर उनले सामाजिक सञ्जालमा पनि सेयर गरेका छन् ।
इन्स्टाग्राम स्टोरीमा सेयर गरिएको तस्बिरमा वरुण धवनको औँला गहिरो गरी काटिएको देखिन्छ । अभिनेता हिजोआज झाँसीमा बोर्डर २ को छायाङ्कनमा व्यस्त छन् ।
सामाजिक सञ्जालमा सेयर गरिएको फिल्मको लन्चको तस्बिरमा निर्देशक अनुराग सिंह, निर्माता भूषण कुमार, निधि दत्ता र सहनिर्माता शिव चनाना र बिनय गान्धी पनि देओलसँग पोज दिइरहेको देखिन्थ्यो । बोर्डर २ मा सनी देओलको चरित्र कस्तो हुनेछ भन्ने कुरा अझै तय भएको छैन । सनी देओल र वरुण धवनले फिल्मको छायाङ्कन सुरु गरिसकेका छन् ।
प्रकाशित समय : १४:५८ बजे



















