global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलिको बिदाइ

दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलिको बिदाइ

दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलिको बिदाइ

दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताए ।

च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ । फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

 

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु