global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् ।

कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको समिटिमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।

समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन् ।

 

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु