global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपोभिट टायलद्वारा जय ट्रफी मेन्स एलाइट कपमा सहभागी खेलाडीलाई सम्मान

नेपोभिट टायलद्वारा जय ट्रफी मेन्स एलाइट कपमा सहभागी खेलाडीलाई सम्मान

नेपोभिट टायलद्वारा जय ट्रफी मेन्स एलाइट कपमा सहभागी खेलाडीलाई सम्मान

नेपोभिट टायलले जय ट्रफी मेन्स एलाइट कपमा सहभागि खेलाडीलाई वीरगञ्जमा सम्मान गरेको छ । नेपोभिट टायलका निर्देशक शम्भुनाथ झाले जय ट्रफी मेन्स एलाइट कपमा वीरगञ्जमा सहभागी भएका क्रिकेट खेलाडीलाई खादा र ढाका टोपी लगाएर सम्मान गरेको हो ।

निर्देशक झाले नेपाली खेलाडीले क्रिकेट खेलमा छुट्टै पहिचान स्थापित गरेको बताउँदै आगामी दिनमा पनि नेपोभिट टायलले नेपाली क्रिकेको विकासमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे । नेपोभिट टायल नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको जनकपुर बोल्ट्स टोलीको प्रायोजकको रूपको रूपमा रहेको थियो ।

सोही अवसरमा भर्खरै वैवाहिक जीवनमा बाँधिएका क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेखलाई पनि सम्मान गरिएको थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारालाई सम्मान गरिएको थियो ।

महासङ्घका लेखा समितिका संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदी र नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु