global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कोशी प्रदेशमा ४ सय किमि पदमार्ग निर्माण परियोजना सुरू

कोशी प्रदेशमा ४ सय किमि पदमार्ग निर्माण परियोजना सुरू

कोशी प्रदेशमा ४ सय किमि पदमार्ग निर्माण परियोजना सुरू

स्वीट्जरल्याण्ड सरकारसँगै केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा कोशी प्रदेशमा पदमार्गमा आधारित विकास परियोजना सुरू भएको छ।

विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परियोजनाको सुभारम्भ गरे। मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको समृद्धिको आधार पर्यटन नै भएको बताए।

त्यसैगरि, प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे। मुख्यमन्त्री कार्कीले परियोजना मुलुककै गेम चेञ्जरका रुपमा रहने दाबी गरे।

कार्यक्रममा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, परियोजना सञ्चालन हुने २९ वटै स्थानिय तहका प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहेको थियो।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु