global ime bank Long Banner Ad

गृहपृष्ठ पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो

पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो

पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा प्रथम दुखान्त नाटककार स्वर्गीय पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइएको छ। बिहीबार विविध कार्यक्रमका साथ जन्मजयन्ती मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक गणेशराज जोशीले स्वारको योगदानको चर्चा गरेका थिए। स्वारले तत्कालीन समयमा नेपाली साहित्य लेखनमा गरेको योगदान अद्वितीय र आश्चर्यजनक छ। उहाँले नेपालको शिक्षा प्रणालीमा देखिएको पाठ्यपुस्तकको अभावलाई अकेन्दूशेकर लेखेर नेपालको शैक्षिक आन्दोलन र अभियानमा विशिष्ट योगदान पुर्‍याउनु भएको छ, जोशीले भने।

स्वारको अटलबहादुर प्रथम दुखान्त नाटक भएको उनले स्मरण गरे। लालुभाका र गजलमा समेत स्वारले कलम चलाएको उनले बताए।

नेपाली साहित्यको उन्नयनमा त्यो समयमा सुदूरपश्चिमबाट स्वार जस्तो बहुआमिक स्रष्टा जन्मिनु सबैका लागि गौरवको विष भएको उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि पत्रकार मनमोहन स्वारले त्यो समयमा पहलमानसिंह जस्ता अग्रजले यस क्षेत्रको सांस्कृतिक श्रीवृद्धिमा गरेको साधनालाई सुदूरपश्चिमा वर्तमानमा अपेक्षितरूपमा अभिलेखिकरण हुन नसकेको बताए।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मनतव्य उपाध्यक्ष टोपेन्द्र शाह ुरसिकुले राखेका थिए। महासचिव गणेश नेपालीले सञ्चालन गरेको कार्यक्रमको संयोजन सदस्य प्रेम विवश चन्दले गरेका थिए।

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु