global ime bank Long Banner Ad

गृहपृष्ठ आवासीय व्यक्तिगत घर कर्जाको माग, झन्डै ४ खर्ब प्रवाह

आवासीय व्यक्तिगत घर कर्जाको माग, झन्डै ४ खर्ब प्रवाह

आवासीय व्यक्तिगत घर कर्जाको माग, झन्डै ४ खर्ब प्रवाह

बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो कर्जाको माग बढेको देखाएको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो महिना असोजसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९६ अर्ब ८८ करोड १८ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष असोजसम्म ३ खर्ब ७४ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ। उता घरजग्गा (रियल स्टेट) कर्जा पनि बढेको छ। बैंकहरुबाट चालु आर्थिक वर्षको असोजसम्म २ खर्ब ६८ अर्ब ६ करोड ८४ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुबाट २ खर्ब ४० अर्ब ९८ करोड ५४ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गा कर्जा ११.२४ प्रतिशतले बढेको छ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु