गृहपृष्ठ एनआईसी एशिया बैंकलाई हकप्रद शेयर निष्कासनको बाटो खुला
एनआईसी एशिया बैंकलाई हकप्रद शेयर निष्कासनको बाटो खुला
काठमाडौं । एनआईसी एशिया बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजनाअन्तर्गत २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
सोमबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गरेको बैंकले जनाएको छ।
साधारणसभाले बैंकको सञ्चालक समितिमा नयाँ कार्यकालका लागि संस्थापक शेयरधनीतर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनीतर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ।
बैंकले पूँजी सुदृढीकरण तथा व्यवसाय विस्तारको रणनीतिअनुसार हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रकाशित समय : ०८:१९ बजे



















