global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ८५ हजार कित्ता सेयर निष्कासन गरिसकेको थियो। उक्त सेयर बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागिएको कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अवधि छिटोमा असार २ गतेसम्म रहनेछ भने आवश्यक परेमा ढिलोमा असार ११ गतेसम्म आवेदन खुला रहने व्यवस्था गरिएको छ।

कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा ‘मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु