गृहपृष्ठ मेयर राजेशमान सिंह पक्राउ
मेयर राजेशमान सिंह पक्राउ
काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको आठ दिनपछि उनलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई विशेष सूचनाको आधारमा मंगलबार बिहान लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।
उनीविरुद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
प्रकाशित समय : ०८:११ बजे



















