global ime bank Long Banner Ad

गृहपृष्ठ ऋणीले ऋण तिर्न नसकेपछि धमाधाम घरजग्गा बेच्दै बैंकहरु

ऋणीले ऋण तिर्न नसकेपछि धमाधाम घरजग्गा बेच्दै बैंकहरु

ऋणीले ऋण तिर्न नसकेपछि धमाधाम घरजग्गा बेच्दै बैंकहरु

ऋणीले ऋण तिर्न नसकेपछि बैंकहरुले सकारेका सम्पत्ती धमाधम बेच्न थालेका छन् । एनएमबि बैंकले विभिन्न ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्ने भएको छ । गैरबैंकिङ सम्पत्ति लिलामी गर्न एनएमबि बैंकले १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह गर्दै बिहीबार एक सूचना समेत सार्वजनिक गरेको छ ।

बैैंकले जारी गरेको यस्तो सूचना अनुसार सुनसरीको धरानमा तीन वटा कित्ताको घरजग्गा, मोरङमा एउटा कित्ताको जग्गा, सिराहाको रामनगरको तीन वटा कित्ताको जग्गा बिक्री गर्ने भएको छ ।

यो बैंकले दैलेखको नारायणमा रहेको तीन वटा कित्ताको घरजग्गा र रुपन्देहीको केरवानी तथा मधवलियामा रहेको घरजग्गालाई लिलामी बिक्री गर्ने भएको छ । बैैंकले लिलामी गर्न लागेको यी घरजग्गा लिन चाहने ग्राहकले तोकिएको प्रकृया पूरा गरी १५ दिनभित्र गोप्य शिलबन्दी आवेदन दिनुपर्ने भएको छ ।

यसैबीच एनआईसी एशिया बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको १७० वटा गैर बैंकिङ सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो ।

बैंकबाट ऋण लिएर भाखा नाघेपछि पनि नतिरेका ऋणीको सम्पत्तिलाई बैंकले बेच्ने प्रयास गर्दा पनि नबिकेपछि आफ्नो नाममा सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । बैंकले बेच्न लागेको यस्ता सम्पत्ति जग्गा र जग्गामा बनेका घर (जग्गासहित) रहेका छन् ।

यस्ता घरजग्गा झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौं, दोलखा, ललितपुर, धनुषा, मोरङ, मकवानपुर, आदि जिल्लामा छन् ।
बैंकले ७ दिनभित्र इच्छुक व्यक्ति, संस्था तथा कम्पनीलाई के कति मूल्य तिरी किन्न चाहेको हो भन्ने मूल्य खोली शीलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।

यसैबीच नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै २५ जिल्लाका ९२ स्थानमा रहेको घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।

बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो । बैंकले काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया, कैलाली, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरूले मंसिर ९ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।

ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरूले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् ।

 

 

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु