global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भिसा वेयरेबल स्टिकर लोकार्पण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भिसा वेयरेबल स्टिकर लोकार्पण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भिसा वेयरेबल स्टिकर लोकार्पण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबि पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।

कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो । यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकले “एनआईएमबि पेवियर” कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको छ भन्ने कुरा प्रस्तुत गर्यो । यसले ग्राहकहरूलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।

“एनआईएमबि पेवियर नेपालका लागि गेम–चेन्जर हो,” नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने । “यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ। हामी नेपालमा पहिलो पटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौं, जसले फेरि एकपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्नेछ ।”

बैंकले २७५ शाखा, २६५ एटीएम, र ४,००० भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको जनाएको छ । साथै बैंकले ६५ वटा विस्तार–राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ, जसले ग्राहकहरूको पहुँचलाई देशभर फैलाएको छ ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु