गृहपृष्ठ हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त
हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेशबहादुर अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको ७५औँ बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
निर्णयअनुसार उनले साउन ११ गतेदेखि लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्।
कम्पनीले नेतृत्वको निरन्तरता कायम राख्दै नियमित व्यवस्थापनलाई प्रभावकारी बनाउन अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिइएको जनाएको छ।
अमात्य यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। अब नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुँदासम्म उनले कम्पनीको दैनिक प्रशासन, व्यवस्थापन तथा रणनीतिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।
प्रकाशित समय : ०६:०६ बजे


















