गृहपृष्ठ गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश
गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले बिमा र धितोपत्रसम्बन्धी दुई फरक कसुरमा छुट्टाछुट्टै धरौटी तोक्दै उक्त आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार भएको सुनुवाइपछि गोल्छालाई बिमा क्षेत्रसँग सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले दुवै कसुरमा तोकिएको कुल एक करोड रुपैयाँ धरौटी बुझाएपछि गोल्छा रिहा हुने व्यवस्था गरेको जनाएको छ।
प्रकाशित समय : ०५:५६ बजे


















