global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से सीईओका लागि आवेदन खुला, साउन २६ भित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि आवेदन खुला, साउन २६ भित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि आवेदन खुला, साउन २६ भित्र दरखास्त दिनुपर्ने

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दरखास्त बुझाउनुपर्नेछ।

सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानुन वा सम्बन्धित विषयमा स्नातकोत्तर, चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव तथा व्यवस्थापकीय तहमा सात वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ।

आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको तथा कानुनबमोजिम अयोग्य घोषित नभएको व्यक्ति मात्र आवेदनका लागि योग्य हुने मन्त्रालयले जनाएको छ।

आवेदनसँग शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र, स्वघोषणापत्र, दुई प्रति पासपोर्ट आकारका फोटो, तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना तथा पाँच हजार रुपैयाँ राजस्व बुझाएको सक्कल भौचर संलग्न गर्नुपर्नेछ।

सीईओको सेवा–सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित समय : ०६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु