global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

काठमाडौं । सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी समेत गरिन् ।

उनले भनिन्, ‘सबैजनाले घटना घटना भन्नुभयो तर घटना के भएको रहेछ भनेर हिम्मत कसैमा छैन् । सत्तारुट दललगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुखद घटना उल्लेख गरेको छ । तर कुन घटनाको कुरा गरिएको हो, स्पष्ट छैन ।’

सत्ता पक्षसहित विभिन्न राजनीतिक दलहरूले सुनसरीको घटनालाई ‘संवेदनशील’ र ‘दुःखद’ भन्दै विज्ञप्ति जारी गरेको उल्लेख गर्दै उनले, ती विज्ञप्तिमा कुन घटनाको कुरा गरिएको हो, त्यसको प्रकृति के थियो, पृष्ठभूमि कस्तो थियो वा घटना धार्मिक विषयसँग सम्बन्धित थियो वा थिएन भन्नेबारे कुनै स्पष्ट जानकारी नदिएको दाबी गरिन् ।

कुनै पनि प्रभावशाली राजनीतिक दलले आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न नसके वस्तुनिष्ठ विश्लेषण सम्भव नरहेको बताइन् ।

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु