global ime bank Long Banner Ad

गृहपृष्ठ बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजना 

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजना 

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजना 

 

नेपालका लागि बजाज मोटर साइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटर साइकल सँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिन्छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनीप्रा.लि का निर्देशक श्री अभिमन्यु गोल्छाले भने “बजाज बाईकको लोकप्रियता र हाम्राग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्राग्राहकहरूका लागि यस्ता नयाँनयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।”

भण्डै ८०भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटर साइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथ साथै यस कार्यक्रम अन्तर्गत मोटर साइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटर साइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

यो योजना यही कार्तिक ८ गते देखि शुरू भएको छ ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु