global ime bank Long Banner Ad

गृहपृष्ठ सकियो दसैँको बिदा, खुले सरकारी कार्यालय

सकियो दसैँको बिदा, खुले सरकारी कार्यालय

सकियो दसैँको बिदा, खुले सरकारी कार्यालय

दसैँ बिदामा बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् ।

सरकारी कार्यालयहरूमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरू नियमित रूपमा भइरहेका छन् ।

सरकारले दसैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ ।

दसैँ सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरू आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु