global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकको मुद्दति निक्षेपमा बीमकहरुको २० प्रतिशतले बढ्यो लगानी

बैंकको मुद्दति निक्षेपमा बीमकहरुको २० प्रतिशतले बढ्यो लगानी

बैंकको मुद्दति निक्षेपमा बीमकहरुको २० प्रतिशतले बढ्यो लगानी

बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी २० प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनसम्मको तथ्यांकबाट यस्तो देखिएको छ।

२०८१ साउनसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ८ अर्ब ८७ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन्। २०८० साउनसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब ६ अर्ब २६ करोड ६४ लाख रुपैयाँ थियो। पछिल्लो एक वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी २०.२७ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २८.६५ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब १६ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष साउनसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ४३ अर्ब १५ करोड ३ लाख रुपैयाँ रहेको थियो।

२०८१ साउनसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ३५.२५ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष साउनसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९० अर्ब ५५ करोड ४ लाख रुपैयाँ थियो। २०८१ साउन मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १३.८० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष साउनसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ४४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर ४० खर्ब ३४ अर्ब २ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो।

 

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु