global ime bank Long Banner Ad

गृहपृष्ठ एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, वालेटमा पनि बढ्दाे आकर्षण

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, वालेटमा पनि बढ्दाे आकर्षण

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, वालेटमा पनि बढ्दाे आकर्षण

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मोबाइल बैंकिङ्ग प्रयोगताकाे संख्यामा ३ लाखले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ कराेड ४९ लाख ६१ हजार १ सय ६५ पुगेकाे छ । असारमसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या साउनमा बढेकाे हाे ।

अघिल्लो साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको संख्या ३२ लाख ६९ हजारले बढी हाे। गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि संख्या बढेकाे छ । असारकाे तुलनामा साउनमा वालेट प्रयोगकर्ताको संख्या ७ लाखले बढेको हो । असारसम्म २ कराेड ३४ लाख ६१ हजार १०७ रहेकाेमा साउनमा बढेर २ कराेड ४२ लाख ५७ हजार ६५६ पुगेकाे छ ।

गत वर्षकाे साउनमा वालेट प्रयोगकर्ताको संख्या १ कराेड ९५ लाख ४० हजार ३०५ रहेकाेमा याे साउनमा २ कराेड ४२ लाख ५७ हजार ६५६ पुगेकाे छ । इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने ४३ हजारले बढेको छ। हाल देशमा १९ लाख ६२ हजार ८२७ जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् ।

साउनमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। वालेट प्रयोग गरी ४३ अर्ब रुपैयाँकाे भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु